५ असार २०८३, शुक्रबार
,
Latest
‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार शान्ति सुरक्षा दिन पूर्णत असफल– डा.महत



अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार देशमा शान्ति सुरक्षा प्रदान गर्न पूर्णत असफल भएको आरोप लगाएका छन् ।


उनले आज ट्वीट गर्दै भनेका छन्– सरकार नागरिकलाई शान्ति सुरक्षा दिन पूर्णत असफल भएको छ, दश वर्षअघिको माओवादी हिंसाको चरम अवस्थामा पनि राजधानीमा यतिधेरै घटना भएको थिएन ।


उनले काठमाडौँमा आइतबार साँझ भएका बम विस्फोटका घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको पनि सो ट्वीटमा जनाएका छन् ।


उनले आतंकमार्फत सत्तामा पुग्ने राजनीतिले देशलाई धेरै पछि धकेले भन्दै सहमहामन्त्री डा.महतले चिन्ता व्यक्त गरेका छन् ।


उनले भनेका छन्– यस्तो आतंकमार्फत सरकारमा पुग्ने गरिएका राजनीतिले देशलाई धेरै पछि धकेलेको छ, र यस्तो आतंकको हतियार युवाहरु हुनु अझ अर्काे दुःखद कुरा हो ।


उनले वर्तमान सरकारले कुरा बाहेक अरु केही गर्न नसकेको र यस सरकारबाट देशमा शान्ति सुरक्षा र अमन चयन प्राप्त होला भन्नेमा नेपाली नागरिक आस्वस्त हुने अवस्था पनि नरहेको बताएका छन् ।


उनले भनेका छन्– सरकारमा बस्नेहरु कुरा गर्नुलाई नै सफलता ठानिरहेका छन्, सिंहदरबारको आडैमा यस्ता हिंसात्मक गतिविधि हुँदा समेत सरकार बेखबर छ, त्यसैले यो सरकार जनतालाई शान्ति सुरक्षा प्रदान गर्न पूर्णत असफल भएको छ ।


शान्ति सुरक्षाजस्तो नागरिकको आधारभूत आवश्यकताकै परिपूर्ति त्यो पनि राजधानीमै गर्न नसक्नुबाट वर्तमान सरकारको असक्षमता राम्रैसँग प्रदर्शन भएको भन्दै डा.महतले रोष प्रकट गरेका छन् ।


उनले सरकारलाई शान्ति सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन् । सरकारलाई नागरिकलाई सुरक्षा प्रदान गर्न र विप्लव समूहको नेकपालाई हिंसाको राजनीति छोडेर शान्तिपूर्ण बाटोमा आउन आग्रह पनि गरेका छन् ।


सरकारद्धारा प्रतिबन्धित नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ । यस बन्दको पूर्व सन्ध्यामा आइतबार साँझ काठमाडौँमा भएका बम विस्फोटका घटनाबाट चार जनाको ज्यान गएको थियो भने केही घाइते छन् ।