१ असार २०८३, सोमबार
,
Latest
बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

धारिलो हतियार प्रयोग गरी युवकको हत्या



अ+ अ-

दुल्लु । दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो । महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । सिंहको शनिबार राति ११ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या कसले र किन गर्यो भन्नेबारे खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो । घटनामा संलग्नहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सिंहको राति सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।




भर्खरै