१ असार २०८३, सोमबार
,
Latest
संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा भारतको दादागिरी, हतियारसहित पशुपति प्रवेश



अ+ अ-

मकवानपुर । नेपाल प्रहरीले अनुमतिविना हातहतियारसहित हेटौंडा–४ मा रहेको भुवनेश्वर (पशुपति) मन्दिर दर्शन गर्न आएका भारतीय प्रहरीलाई फिर्ता पठाएको छ। भारतीय दुई असई र दुई प्रहरी जवानलाई सामान्य सोधपुछपछि भारत फिर्ता गरेको हो ।

शनिबार बिहानै पोशाकमा वीरगञ्ज नाकादेखि करिब एक दर्जन प्रहरी चौकी पार गर्दै उनीहरु हेटौंडा आएका हुन् । स्थानीयबासीले हातहतियारसहित हेटौंडा आइपुगेका भारतीय प्रहरीबारे प्रहरीलाई खबर गरेपछि मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो।

मकवानपुर प्रहरीले भारतीय प्रहरीलाई शनिबार विहान करिब ७ बजे पशुपति मन्दिरमा दर्शन गर्ने क्रममा नियन्त्रणमा लिएको थियो । पशुपति मन्दिर रक्सौलबाट ५८ किलोमिटर पर्छ ।

उनीहरूलाई सामान्य सोधपुछ गरी फिर्ता पठाइएको प्रहरीले जनाएको छ । उनीहरुले मन्दिर दर्शनपश्चात् खाजाखाने योजना बनाएका थिए । उनीहरुले गेष्टहाउसमा कोठा खोजेको बताइएको छ ।