१ असार २०८३, सोमबार
,
Latest
बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप : आर्मीको फराकिलो जित, राजु शतक बनाउनबाट चुके



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो जित हात पारेको छ ।आर्मीले प्रदेश २ लाई १७१ रनले पराजित गरेको हो ।

२७९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले ३१.४ ओभरमा सबै विकेटको क्षतिमा १०७ रन मात्रै बनाउन सक्यो ।

प्रदेश २ का लागि हरिशंकर शाहले २१ रन बनाए । त्यस्तै, साम्सद शेखले १६ र शुधिर चौधरीले १५ रन बनाए । बलिङतर्फ शाहब आलमले चार विकेट लिए । त्यस्तै, सुशान भारीले तीन विकेट लिदा जितेन्द्र मुखियाले दुई विकेट लिए ।

काठमाडौंको टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेटको क्षतिमा २७८ रन बनाएको थियो । आर्मीका लागि ओपनिङमा आएका राजु शतक बनाउनबाट १० रनले चुके । उनी ९० रनमा आउट भए । १०९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्का प्रहार गरेका थिए ।

त्यस्तै आर्मीकाल लागि रोहितकुमार पौडेलले ४७ रन बनाए । त्यस्तै, हरि चौहानले २६ रन बनाए । बलिङतर्फ हरिशंकर शाहले तीन विकेट लिए ।




भर्खरै