१ असार २०८३, सोमबार
,
Latest
उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० महिनामै ठडियो दरबार हाइस्कुल, फिनिसिङको काम ४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य



अ+ अ-

काठमाडौं । भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम सम्पन्न भएको छ ।

१२८ वर्षे इतिहास बोकेको दरबार हाइस्कुल चीनको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण गरिएको हो । सुरुमा रेट्रोफिटिङ कि पुनर्निर्माण गर्ने भन्ने विवादका कारण काम भएको थिएन । तर, पुनर्निर्माण गर्ने निर्णयसँगै चीनले जिम्मा पाएको १० महिनाभित्रै भवन तयार भएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

चार तले नयाँ भवनमा ४६ कोठा छन् । कक्षा कोठामात्रै २२ वटा रहेका विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिए । नयाँ भवनमा आगामी मंसिरबाट पढाइ सुरु गर्ने लक्ष्य रहेको हतोले जानकारी दिए । हाल उक्त विद्यालयका विद्यार्थीहरुलाई अस्थायी रुपमा बाल्मीकि क्याम्पस परिसरमा बनाइएका टहरोभित्र पढाउने गरिएको छ ।

२०७५ साल साउन १८ गतेबाट दरबार हाइस्कुलको निर्माण कार्य सुरु भएको थियो । तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण कार्य सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक महतोले बताए । फिनिसिङको बाँकी काम ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदुत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको जानकारी दिए । उनले दरबार हाई स्कुलको मुख्य भवनको बाँकि काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमण गरेर फर्केपछि आफ्ना शाखा सन्तानलाई पढाउने उद्देश्यले विक्रम संवत् १९१० मा स्थापना गरेको विद्यालय नै अहिलेको दरबार हाइस्कुल हो । दरबार हाइस्कुलमा अंग्रेजी पढाउने शिक्षक राणा शासकहरुले बेलायतबाट झिकाउने गरेको इतिहासमा पढ्न पाइन्छ ।

सुरुमा यो स्कुल थापाथली दरबारको आँगनमा खोलिएको थियो । जंगबहादुरपछिका राणा शासकहरुले बिभिन्न स्थानमा यो विद्यालयलाई सारे ।

वि.सं.१९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशमशेरले राणाले दरबार हाइस्कुललाई जमलमा सारेका थिए । सुरुमा राणा परिवारले मात्र पढ्न पाउने यो विद्यालयमा १९३३ वि.सं.१९३३ मा रणोद्दीप सिंहले राणाहरूका सेवामा खटिएका कामदारका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था गरेका थिए ।