१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाली महिलालाई चीनमा यौनदासी बनाइन्छ !



अ+ अ-

काठमाडौं । लन्डनमा रहेको एक अधिकारवादी समूहले प्रकाशित गरेको ताजा विवरण अनुसार हजारौँ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन व्यवसायमा सामेल हुन बाध्य पारिएको छ।

लन्डनस्थित कोरिया फ्युचर इनिसियटिभ नामक समूहका अनुसार
धेरै आप्रवासी कामदारको सङ्ख्या भएको चीनको उत्तर–पूर्वी क्षेत्रमा रहेका वेश्यावृत्ति गराइने ठाउँहरूमा अधिकांशलाई दासको रुपमा राखिने गरिन्छ ।

उत्तर कोरियालीहरूलाई अपहरण गरिन्थ्यो र यौनकर्मीका रूपमा बेचिन्थ्यो वा चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिन्थ्यो।

कारोबार
आफ्नो प्रतिवेदन पीडितहरूबाट सङ्कलन गरिएका विवरणमा आधारित भएको बताउने समूहले उक्त बेचबिखनको कारोबार आपराधिक संगठनहरूका लागि वार्षिक दश करोड डलर बराबरको रहेको बताएको छ।

उसका अनुसार अधिकांश मामिलामा ती महिला फस्ने गर्थे किनकि भेट्टाउनासाथ चीनले उत्तर कोरियालीलाई स्वदेश फर्काइदिने गर्छ जहाँ उनीहरू यातना खेप्न बाध्य हुन्छन्।

बारम्बार बेचबिखन
ती महिला तथा बालिकाहरू सामान्यतयाः १२ र २९ वर्ष बीचको उमेरका हुने गर्छन् भने कतिपय अझ साना।

उनीहरूलाई ललाईफकाई गरिन्छ वा बाध्य पारेर बेचिन्छ। उनीहरूलाई चीनमै अपहरण गरिन्छ वा उत्तर कोरियाबाटै बेचबिखनकर्ताहरूले ल्याउँछन्।




भर्खरै