१ असार २०८३, सोमबार
,
Latest
उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबर्जस्ती करणीका आरोपी पक्राउ



अ+ अ-

बाजुरा । जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बाजुराले अमरबहादुर धामीलाई पक्राउ गरेको छ । प्रहरीले बाजुराको खप्तड छेडदह गाउँपालिका–४ गुदुखातीका १८ वर्षीय धामीलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार जेठ ८ गते साँझ ५ बजेतिर आरोपी धनबहादुर धामीले ११ वर्षीय नाबालिकालाई घरमा कोही नभएको अवस्थामा गोठमा लगेर जबर्जस्ती करणी गरेर फरार भएको उनका बुबाले बतएका छन् ।

नाबालिकाका बुबाले उक्त घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले आरोपी धामीको खोजी शुरु गरेको थियो । जबर्जस्ती करणी गरेर फरार धामीलाई खोजी गर्दा सोही वडाकै भगाड भन्ने ठाउँंमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएको छ ।

पक्राउ परेका धामीलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । अहिले पक्राउ परेका धामी जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा छन् ।

गएको कात्तिकदेखि हालसम्म बाजुरामा सात जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । तीमध्ये कुनै पनि अपराधी फरार नभएको र सबै अपराधीलाई प्रक्राउ गरेर मुद्दा चलाइरहेको जिल्ला प्रहरी कार्यलय बाजुराले बताएको छ ।