१ असार २०८३, सोमबार
,
Latest
ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२२ मा कतारमा हुने विश्व कपमा ३२ टोलीको मात्रै सहभागिता रहने



अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्व कप फुटबलमा ३२ टोलीको मात्र सहभागिता रहने भएको छ । सहभागी टोली कतारबाटै बढाएर ४८ पुर्याउने प्रयास गरेपनि गल्फ राष्ट्रबीच देखिएको राजनितिक टक्रावका कारण सहभागी संख्या बढाउन गाह्रो भएको फिफाले उल्लेख गरेको छ ।

कतारमा सहभागी टोली संख्या बढाउँदा कम्तिमा १६ खेल कतार बाहिर खेलाउनुपर्ने अवस्था देखिएको थियो । हाल कतारको छिमेकी गल्फ राष्ट्रसँग सम्बन्ध त्यति राम्रो छैन ।

कुवेतले आयोजनाको इच्छा देखाएपनि त्यहाँको रंगशाला निर्माण र तयारीको लागि समय अभाव हुने निश्कर्ष पनि फिफाले निकालको छ । ओमानले आयोजना गर्ने इच्छानै देखाएन ।

सन् २०२६ को विश्वकपमा भने सहभागी देश ४८ नै हुनेछ । सन् २०१८ को रुस विश्वकपमा भएको फिफा कंग्रेसले २०२६ मा ४८ टोलीको सहभागिता पक्का गरेको थियो । उक्त कंग्रेसमा भएको निर्वाचनबाट आयोजनाको अधिकार अमेरिका, क्यानडा र म्याक्सिकोले पाएका थिए ।