१ असार २०८३, सोमबार
,
Latest
स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राउनसुगरसहित एक पक्राउ



अ+ अ-

लमही । दाङमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सात ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित लमही नगरपालिका–५ निवासी ३० वर्षीय चुर्णसिंह ठकुरीलाई प्रक्राउ गरेको हो ।

नेपालगञ्जबाट ब्राउनसुगर लिएर आउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा वडा प्रहरी कार्यालय लमहीको टोलीले सोमबार राति अर्जुनखोला नजिकबाट उनलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहका अनुसार लमही क्षेत्रमा ब्राउनसुगर प्रयोगकर्ता बढ्न थालेको घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा कारोबारीलाई पक्राउ गर्न सफल भएको हो ।