२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा फेरि मोदीलाई भारी बहुमत !



अ+ अ-

काठमाडौं । भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४३ स्थानका लागि मतदान सम्पन्न भएको छ । आइतबार सातौं तथा अन्तिम चरणमा केन्द्र शासित चन्डीगढसहित ५९ सिटका लागि मतदान भएसँगै लोकसभा निर्वाचनमा मतदान सम्पन्न भएको हो ।

आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवारको भाग्यको फैसला हुनेछ । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बनेका छन् । उनलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिएका छन् ।

सातौं चरणको निर्वाचनमा उत्तर प्रदेश र पञ्जाबमा १३–१३ सिट, पश्चिम बंगालका नौ, बिहार र मध्यप्रदेशका आठ–आठ सिट, हिमाञ्चलका सबै चार सिट, झारखण्डका तीन सिट तथा केन्द्र शासित चण्डीगढको एक सिटमा मतदान सम्पन्न भएको हो । अब २३ मेमा लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुनेछ ।

मतदान सम्पन्न भएसँगै लोकसभा निर्वाचनका विभिन्न मतपरिणामका सर्वेक्षणहरु सार्वजनिक भएका छन् । एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी पुनः शक्तिमा आउने देखिएको छ ।

एग्जिट पोल अन्तर्गत रिपब्लिक÷सी भोटरका अनुसार भाजपा नेतृत्वको एनडीएले २ सय ८७, काँग्रेस नेतृत्वको युपीएले १ सय २८ र अन्य गठबन्धनले १ सय २७ स्थानमा जित हासिल गर्न सक्ने देखिएको छ ।

यस्तै टाइम्स नाउरभीएमआरका अनुसार एनडीएल ३ सय ६ सिट, युपीएले १ सय ३२ सिट र अन्यले १ सय ४ सिटमा जित हासिल गर्न सक्छन् ।
रिपब्लिकरजनका अनुसार एनडीएले ३ सय ५, युपीएले १ सय २४ र अन्यले १ सय १३ ल्याउने देखिएको छ ।

न्युज नेशनकाअनुसार एनडीएले २ सय ८२ देखि २ सय ९० सम्म, युपीएले १ सय १८ देखि १ सय २६ सम्म र अन्यले १ सय ३० देखि १ सय ३८ सम्म सीट जित्नसक्नेछन् । यद्यपि विगतका एग्जिट पोलका नतिजाहरू सत्यभन्दा निकै टाढा भएको पनि पाइएको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।