२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाहीबाट उम्कन न्यायाधीश उपाध्यायले दिए राजीनामा



अ+ अ-

काठमाडौं । शैक्षिक प्रमाणपत्र शंकास्पद देखिएपछि छानबिनको घेरामा रहेका तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्यायले राजीनामा दिएका छन् । चार महिनादेखि कामविहीन भएका न्यायाधीश उपाध्यायले कारबाहीबाट बच्न सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

न्यायपरिषद्ले उनको शैक्षिक प्रमाणपत्र शंकास्पद देखिएपछि १ असार २०७५ मा काठमाडौं झिकाएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्चमा पदबहाली गरेलगत्तै उपाध्यायले उनका विवादित फैसला र शैक्षिक प्रमाणपत्रका विषयमा छानबिनका लागि न्यायपरिषद् झिकाइएको थियो । एक दर्जनभन्दा बढी जिल्लामा न्यायाधीश भएका उपाध्यायले गरेका अधिकांश न्याय सम्पादनमा गम्भीर त्रुटि देखिएपछि उनका विषयमा उजुरी परेको थियो ।

स्नातकको प्र्रमाणपत्र पेस नै नगरी न्याय सेवामा प्रवेश गरेका उनको विषयमा न्यायपरिषद्ले छानबिन थालेको थियो । न्यायिक कार्यमा विचलन देखिएको प्रारम्भिक निष्कर्ष निकाल्दै उनीविरुद्ध परेको उजुरीका आधारमा परिषद्ले उनलाई तानेको थियो । उपाध्यायलाई परिषद्मा झिकाएर सचेतसमेत गराइएको थियो । तर, उनले आफ्नो आचरण सुधार नगरेपछि काजमा न्यायपरिषद्ले तानेको थियो । उनले न्यायाधीश भएपछि स्नातकको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि बुझाएका थिएनन् । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।