१ असार २०८३, सोमबार
,
Latest
अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहालले भने- हजारौँ योद्धाको बलिदानले देश ‘समृद्ध नेपाल र सुखी नेपाली’तिर बढिरहेको छ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको परिवर्तनमा हजारौँ योद्धाको बलिदान रहेकोले देश समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षातिर अगाडि बढिरहेको बताएका छन् ।

आइतबार कमलापोखरीस्थित कुमारी चलचित्र भवनमा ‘भैरवनाथ’ वृत्तचित्रको विशेष प्रदर्शनमा पुगेका दाहालले अहिलेसम्मको राजनीतिक परिवर्तनका लागि हजारौँ, लाखौँको त्याग, बलिदान र पीडा रहेको उनले बताए ।

‘भैरवनाथ’ जिउँदो सहिदका रूपमा सम्मानित कृष्ण केसीको कथा हो । वृत्तचित्रमा केसी सशस्त्र जनयुद्धको समयमा तत्कालीन मानव वधशालाको रूपमा परिचित ‘भैरवनाथ गण’बाट पक्राउ परेदेखि हिरो हुँदासम्मको कथा समेटिएको छ ।

श्रीमान् कृष्णको सेनाले गिरफ्ता गरेपछि दुर्गा केसी ले भोगेका मानसिक, शारीरिक, प्रशासनिक र पारिवारिक पीडासमेत वृत्तचित्रले मार्मिक रूपमा उठाएको छ ।

प्रतिष्ठा कुसुक केसी र राजकुमारको अभिनय रहेको वृत्तचित्रमा दुर्गा केसीको कथा तथा निर्माणमा तयार भएको हो । पर्वतकिरण केसी कार्यकारी निर्माता रहेको वृत्तचित्रलाई सम्पादन तथा निर्देशन शिव पुरीले गरेका हुन् । अष्टमान महर्जनको द्वन्द्व रहेको वृत्तचित्रमा एलिस कार्कीको पाश्र्व सङ्गीत दिएका छन् ।