१ असार २०८३, सोमबार
,
Latest
अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसभा चुनाव : भारतमा आज अन्तिम चरणको चुनाव, गणना २३ मेबाट



अ+ अ-

काठमाडौं । भारतमा लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । भारतमा ११ अप्रिलबाट लोकसभा चुनाव सुरु भएको थियो । आज अन्तिम चरणको चुनाव सकिएपछि २३ मेबाट मतगणना सुरु गर्ने तयारी छ ।

आइतबार ८ राज्यमा ५९ सिटका लागि मतदान भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ५९ सिटका लागि ९१८ उम्मेदवार चुनावी मैदानमा छन् ।

आइतबार पन्जाबका १३, पश्चिम बंगालका ९, बिहार र मध्यप्रदेशका ८–८ तथा हिमाचल प्रदेश र झारखण्डका ४–४ सिटमा मतदान भइरहेको छ । यसैगरी चण्डीगढमा एक सिटका लागि मतदान भइरहेको छ । सत्तारुढ भाजपाले सन् २०१४ मा भएको चुनावमा यी ५९ सिटमध्ये ३० मा जित हासिल गरेको थियो ।

वाराणसीमा पनि आज मतदान भइरहेको छ । जहाँबाट नरेन्द्र मोदी उम्मेदवार बनेका छन् । यसैगरी बिहारको पटना साहिब लोकसभामा भाजपाका बागी उम्मेदवार शत्रुघ्न सिन्हा कांग्रेसको समर्थनबाट चुनाव लडेका छन् ।

यसैगरी क्रिकेटर हरभजन सिंहले जालन्धरको गढी गाउँबाट मतदान गरे । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गोरखपुरबाट मतदान गरेका छन् ।

साँझ ६ बजेसम्म मतदान हुने र त्यसपछि मत सर्वेक्षणका नतिजाहरु सार्वजनिक हुने छन् ।