२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि विद्यार्थीको परीक्षा सञ्चालनमा चरम लापरबाही !



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको परीक्षा सञ्चालनमा चरम लापरबाही गर्ने गरेको पाइएको छ। विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको परीक्षामा प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनमा समेत विधि–प्रक्रिया मिचेर व्यक्तिगत निर्णय आधिकारिक हुने गरेको पछिल्लो एक घटनाले पुष्टि गरेको छ।

त्रिविले गत पुस २९ मा विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको प्रथम सेमेष्टरको क्वान्टम मेकानिक्स (आइ) फिजिक्स ९५०३० विषयको पुरानो कोर्सको परीक्षा सञ्चालन गरेको थियो। ४५ पूर्णाङकको यो परीक्षामा ३५ नम्बर निर्धारित पाठ्यक्रम भन्दा बाहिरबाट प्रश्न आएको भन्दै परीक्षार्थीले हल्ला गरे।

हल्लाकै बीचमा केन्द्राध्यक्षले परीक्षार्थीबाट प्रश्नपत्र फिर्ता मागेर डीनको कार्यालयमा खबर गरे। तत्कालै डीन कार्यालयबाट सहायक डीन तेजबहादुर बिसी र विषय विज्ञको रूपमा प्राध्यापक डा।नारायण अधिकारी परीक्षा केन्द्रमा आए। पाठ्यक्रम भन्दा बाहिरबाट आएको प्रश्नपत्रबाट परीक्षा दिँदा उत्तीर्ण हुन नसक्ने बताउँदै उनीहरू आइपुग्ने बेलासम्म परीक्षा केन्द्रमा नारावाजी र होहल्ला भइरह्यो।

१२ बजेबाट सुरु भएको परीक्षा होहल्लाले रोकिएपछि फेरि साढे एक बजे सुचारु गरियो। त्यतिखेर विसी र अधिकारीले परीक्षार्थीलाई परीक्षामा बस्न अनुरोध गर्दै उत्तीर्ण गराउने जिम्मा आफूहरूको भएको आश्वासन दिएको पीडित विद्यार्थीको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।