२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालपोतका आधा दर्जन कर्मचारी जेलमा



अ+ अ-

बर्दिया । बर्दिया जिल्ला मालपोत कार्यालयमा आवश्यकता भन्दा ज्यादैकम कर्मचारी हुदा सेवाग्रहीहरु मर्कामा परेका छन् । भूमि सुधार तथा मालपोत कार्यालयमा ४१ जनाको दरबन्दी रहेता पनि श्रेणी बिहीन कर्मचारी बाहेक मालपोत तर्फ ८ जना र भूमिसुधार तर्फ ६ जना मात्र कर्मचारी हाल कार्यरत छन् ।

कार्यालयमा १ जना उपसचिव स्तरको कार्यालय प्रमुख र ३ जना शाखा अधिकृत रहने ठाँउमा हाल कार्यालय प्रमुखको समेत जिम्मेवारी पाएका एक जना मात्र शाखा अधिकृत रहेका छन् ।

प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली काठमान्डौ तालिममा भएको अबस्थामा बाँके जिल्ला प्रहरी कार्यालयमा परेको कर्तब्य ज्यान मुद्दामा अनुसन्धान हुने क्रममा पक्राउ परेका बाँके लगाएत मालपोत कार्यालय बर्दियाका मालपोत अधिकृत रामकुमार रोका, नासु कृष्णलाल शर्मा खरिदार भूमिराज पोखरेल कारागार चलान भएका छन् । भने प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली फरहार रहेको प्रहरीले जनाएको छ ।

मृतक मुजिबुल हसन अन्सारीका पत्नी हसरततुन निसा अंसारीले दिएको जानकारी अनुसार प्रहरीले अनुसन्धन गर्दा बर्दिया जिल्ला साबिक नेउलापुर गाबिस वडा नम्बर ७ क अन्तरगत पर्ने कट्टा नम्बर १९१ र नेउलापुर ९ ख को केही किट्टा जग्गा नामसारी गरेको कार्य कर्ते भएको आरोपमा ती कर्मचारीहरु कारर्वाहीमा परेका हुन् ।

प्रहरीले अनुसन्धान गरी अदालतमा मुद्दा पेश हुदा बाँके जिल्ला अदालतबाट बाँके जिल्ला अदालतले १९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको र १२ जना फरहार रहेको कुरा प्रहरीद्धारा बैशाख १३ गतेको प्रेस नोटमा जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।