२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट मात्रै १० अर्बको आलु प्याज आयात



अ+ अ-

काठमाडौं । सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो ।

देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा भित्रिएको आलु प्याजको तथ्याङ्कले अघिल्लो वर्षभन्दा यो वर्ष यसको आयात बढेको स्पष्ट हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार २०७४ सालमा कालीमाटीमा ६० हजार ४३६ आलु भित्रिएकोमा ४१ हजार मेट्रिकटन भारतबाट आएको समाचार गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।