२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालगृह मागिखाने भाँडो बन्दै, १ सय २२ बालबालिकाको उद्दार



अ+ अ-

काठमाडौं । केन्द्रीय बाल कल्याण समिति र बालबालिका खोजतलास समन्वय केन्द्रले एउटै बालगृहबाट १ सय २२ जना बालबालिकालाई उद्दार गरेको जनाएको छ ।
बूढानीलकण्ठ नगरपालिका–९ स्थित सुकेधारमा रहेको ऐश्वर्य बालगृहबाट बालबालिकालाई उद्दार गरेको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहन विक्रम दाहालले बताउनुभयो ।

मापदण्डविपरीत, बालबालिकाको अधिकार हनन हुने गरी, कानुनविपरीत बालबालिका थुपारेर बालबालिकाको बिजोग गरेको सूचनाको आधारमा उनीहरुको उद्दार गरिएको उहाँले बताउनुभयो ।

उनीहरुलाई आठ घण्टा लगाएर उद्दार गरिएको प्रहरी निरीक्षक दाहालले भन्नुभयो। ‘हामीले सूचना पाउनेबित्तिकै हामी बालगृह पुग्यौँ । त्यहाँ पुगेपछि आश्चार्य चकित केमा भयौँ भने कल्पना गरेको भन्दा धेरै बालबालिका र त्यहाँको अवस्था निकै दयनिय थियो’, उहाँले भन्नुभयो– ‘भेडा बाख्रा कोचिएर राखेको जस्तै गरी बालबालिका राखिएको थियो ।’

बालबालिकाको अवस्था निकै दयनीय तथा सफा सुग्घर पनि नभएको र पेटभरिसमेत खाना नपाएको समेत भेट्टिएको थियो । ती बालबालिकालाई पढाइरहेको भने पनि कलमकापी समेत दिइएको थिएन ।

यस्तो अवस्था देखेपछि उद्दार गर्नुपरेको उद्दारमा खटिनुभएका दाहालले बताउनुभयो । केन्द्रले महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीसँग समन्वय गरी सञ्चालक निर्मला घिमिरेका छोरा प्रमोदराज घिमिरेलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

उक्त बालगृहमा ४ देखि १२ वर्ष उमेर समूहका बालबालिका रहेका थिए । सो बालगृहमा हुम्ला, डोल्पा, धादिङ, रसुवा, नुवाकोटलगायत विकट क्षेत्रका बालबालिका ल्याएर राखेको थियो । उद्दारपछि ती बालबालिकालाई विभिन्न आठ बालगृहमा राखिएको केन्द्रले जनाएको छ । नेपाल समाचारपत्रबाट ।