२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्सिङ होममा शल्यक्रिया गराएका १०० जना सिकिस्त



अ+ अ-

विराटनगर । पुसको दोस्रो साता विराट नर्सिङ होममा दूरबिनबाट पित्तथैलीको शल्यक्रिया गरिएकी झापा, शान्तिनगर ७ की राधा निरौलाको घाउ अझै बिसेक भएको छैन। डा. आरके साबुले राधाको पेटमा चारवटा प्वाल पारेर दूरबिनबाट पित्तथैलीको ढुंगा निकालेका थिए।

‘शल्यक्रिया गरेको अढाइ महिना नबित्दै चारवटै प्वालमा घाउ भयो’, चिकित्सकलाई देखाउँदा इन्फेक्सन भयो भनेर फेरि शल्यक्रिया गरियो।’ त्यसपछि एक महिनासम्म घाउमा ड्रेसिङ गराएको उनले बताइन्। अहिले फेरि चारैवटा प्वालमा गाँठो पलाएपछि चिकित्सकले ती ठाउँमा २० वटा इन्जेक्सन लगाएको उनले बताइन्। एक महिनाको खाने औषधि दिएका छन्। गाँठा हराउनुको साटो छातीतिर पनि पलाउन थालेको उनले बताइन्।

निरौला मात्र होइन पित्तथैलीको अप्रेसन गराएका विराटनगर ३ की ५५ वर्षीया सीता बस्नेत र विराटनगरकै दुर्गाबहादुर कार्कीको अवस्था पनि त्यस्तै छ।

यो नर्सिङ होममा असोजयता दूरबिनबाट पित्तथथैली, एपेण्डिसाइटिस र पाठेघरको शल्यक्रिया गएकामध्ये १०० जना यस्तै पीडा भोगिरहेका छन्। घाउमा इन्फेक्सन भएका कारण उनीहरू अस्पताल धाइरहेका कान्तीपुर दैनिकमा समाचार प्रकाशित छ ।