२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ ।

उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल०को सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए । हालै स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले यो घटनामा अनुसन्धान अघि बढाएको समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।