२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारलाई काल बन्दै पत्रकारीता, समाचार लेख्दा एक करोडसम्म जरिवाना



अ+ अ-

जनकपुर । प्रदेश २ सरकारले प्रदेशसभामा बिहीबार दर्ता गरेको सञ्चार ऐन विधेयकमा पनि सार्वभौमसत्ता, भोगोलिक अखण्डता वा राष्ट्रियतामा आँच पुर्याउने खालको समाचार सम्प्रेषण गरेमा एक करोडसम्म जरिवाना हुने प्रावधान राखिएको छ।

‘कसैले दफा ५५(क) बमोजिम कसुर गरेमा मात्रा हेरी पाँच लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’, विधेयकमा भनिएको छ। उल्लिखित दफामा प्रदेशको सार्वभौमसत्ता, भौगिोलिक अखण्डता वा राष्टियतामा आँच आउने विषयलगायत विषय उल्लेख छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मंगलबार प्रदेशसभामा टेबल गरेको प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कसुरको मात्रा हेरी एक करोड रुपैयाँसम्म जरिवाना गरिने प्रावधान राखिएको छ।

तर, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भूलवश एक करोड रुपैयाँ प्रावधान राखिएको बताउँदै संशोधनमार्फत सच्याउने दाबी गरे। ‘म आफैँ मिडियाका लागि लड्ने मान्छे’, मुख्यमन्त्री राउतले भने, ‘कुनै हालतमा पनि हुन्न। यो गल्ती सच्याउँछौँ।, कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।