२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन–आश्रित स्मृति दिवस सङ्ग्रहालय बन्दै मदनको घर



अ+ अ-

मोरङ । पुरानो काठको दुईतले घर, माथिल्लो तलामा वरिपरि कोठैकोठा । एउटा कोठाबाट छिरेको मानिस भित्रभित्रै सबै कोठामा पुग्न सक्ने ढोका निर्माण । त्यति मात्र होइन, एउटा कोठाको ढोका नखोली अर्को कोठाभित्र छिर्नसक्ने खालका गोप्य छिड्किनी । अनि माथिल्लो तलाको कोठाबाट भित्रभित्रै सुरुङमार्गमार्फत भुइँतलामा आइपुग्ने छुट्टै बाटो छ ।

यही सुरुङमार्ग हुँदै घरबाट पश्चिम निस्किएर नजिकै रहेको खोलामा पुग्न सकिने गरी परिकल्पना गरिएको छ । काठको घर भए पनि माथि नै शौच गर्ने स्थान । प्रायः सबै कोठामा प्रेरक नारा लेखिएका छन् । मोरङको रतुवामाई नगरपालिका–१० स्थित सातपिडीमा रहेको यो घर सामान्य नागरिकको होइन, देशलाई कायाकल्प गर्ने सपना बुनेर राजनीतिमा होमिनुभएका जननेता मदन भण्डारीको हो ।

यो घर कुनै इन्जिनियरले नक्सा बनाएर निर्माण गरिएको थिएन, यसको परिकल्पनाकार हुनुहुन्थ्यो स्वयं भण्डारी । पञ्चायतकालीन प्रतिकूल समयमा नेपालमा कम्युनिस्ट आन्दोलनलाई जनजनमा पु¥याउन भूमिगत राजनीतिमा होमिनुभएका जननेता भण्डारीले प्रहरीबाट बच्नका लागि यस्तो घर निर्माण गर्नुभएको हो । यही घरमा कम्युनिस्ट पार्टीका सम्पूर्ण प्रशिक्षण कार्यक्रम चल्ने गथ्र्यो । पार्टीको भूमिगत कार्यालयका रूपमा यही घरमा विभिन्न कार्यक्रम हुन्थे । तत्कालीन लोकप्रिय नेता मोदनाथ प्रश्रितसहितका नेताहरू यहीँ बसेर पार्टीका गतिविधि अगाडि बढाउनुहुन्थ्यो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।