२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भष्ट्रचार बढेको भन्दै बाग्लुङमा नेकपाद्वारा तालाबन्दी



अ+ अ-

बाग्लुङ । बागलुङ नगरपालिकका नगरप्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर कुँवरको कार्यकक्षमा नेकपाका नेताले तालाबन्दी गरेका छन ।

नगरपालिका भष्ट्रचार बढेको र ढिला सुस्ती भएको भन्दै तालाबन्दी गरेको नेकपाका नेता कृष्ण पाठकले बताए । नगरपालिकाको नगरप्रमुखमा नेकपाले नै जितेको छ । पछिल्लो समयमा नगरपालिकाले जनतालाई धेरै दुःख धेरै दिएकाले तालाबन्दी गर्न बाध्य भएको पाठकको भनाई छ ।

‘सयौं विकृतिहरु बढेको छ,’ उनले भने, ‘फोहोरको डंगुरलाई सफा नगरे सम्म नगरपालिकाको अवस्था सुध्रिदैन् ।’ पाठकले जनताको नाममा आएको दश करोड बजेट नगरपालिकाले नियतबस फ्रिज गरेको आरोप लगाएका छन । अर्थ मन्त्रालयबाट गत फागुन पहिलो साता पठाएको बिशेष अनुदानको बागलुङ नगरपालिकाको पैयुँपाटा भैरवस्थान सडक कालोपत्र गर्न आएको समपुरक बजेट ७ करोड र थप अनुदानको ३ करोड फ्रिज गरेको पाठकले आरोप लगाए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।