२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दू राष्ट्र पुनस्र्थापनाका लागी अब राप्रपाले मठमन्दिरमा व्यानर राख्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशैभरका मठमन्दिरमा हिन्दू राष्ट्र पुनस्र्थापनाका पक्षमा लेखिएका ब्यानर राख्ने भएको छ ।

हिन्दू राष्ट्र पुनस्र्थापना र राजासहितको लोकतन्त्रका मागलाई मुख्य एजेन्डा बनाएर कमल थापा नेतृत्वको राप्रपाले संविधानमा समेत फरक मत राख्दै आइरहेको छ ।

राप्रपाको जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले देशका ७७ वटै जिल्लाका मठमन्दिरहरूमा हिन्दू राष्ट्रको माग राखी ब्यानर राख्ने निर्णय गरेको हो ।

बैठकले आन्दोलनसँगै पार्टीको सक्रिय सदस्यता वितरण अभियान तीव्र बनाउने, काठमाडौं उपत्यकाभित्रका १५ वटै निर्वाचन क्षेत्रमा १५ दिन भित्रमा क्षेत्रीय भेला सम्पन्न गर्नेसमेत निर्णय गरेको छ ।

यसैगरी, बैठकले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा छुटेका पहाडी जिल्लाहरूलाई समेटेर १५ जेठदेखि फेरि यात्रालाई निरन्तरता दिने निर्णय गरेको छ ।

राप्रपाले केन्द्र सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सातै प्रदेशका मुख्य मन्त्रीहरूलाई समेत ज्ञापनपत्र बुझाइसकेको छ भने विभिन्न घोषित आन्दोलनका कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ ।

सरकारले सकरात्मक रूपमा आफ्ना मागहरूलाई सम्बोधन नगरे पुनः संघर्षका कार्यक्रम ल्याउने बताएको छ । यसबीचमा सरकारले कानुन मन्त्रीमार्फत् राप्रपासँग पहिलो चरणको वार्तासमेत गरिसकेको राजधानी दैनिकमा खबर प्रकाशित छ ।