२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ वर्षपछि पशुपतिको बाटो बन्द



अ+ अ-

काठमाडौं । सञ्चालमा आएको १३ वर्षपछि तीलगंगा–ताम्रागंगा सडक बन्द गर्न पर्खाल लगाउन थालिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई युनेस्कोले सम्पदाबाट हटाउने चेतावनी दिएपछि पशुपति क्षेत्र विकास कोषले सडक बन्द गर्ने निर्णय गरेको हो ।

कोषले आफू मातहत रहेको सम्पदाको संरक्षण गर्न र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न सडकको दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाएको बताएको छ ।

२०६३ सालमा सञ्चालनमा आएको सडक पटकपटक विवादमा पर्दै आएको थियो । कोषले बन्द गर्न खोज्दा पनि यसअघि स्थानीयको दबाबले सडक सञ्चालनले निरन्तता पाएको नेपाल समाचारपत्र दैनिकमा खबर प्रकाशित छ ।