२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाज परिवर्तनसँगै अपराधका प्रकृति फेरिए



अ+ अ-

काठमाडौंँ । कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौं उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् ।

समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना शून्यमा झरेका छन् भने केही घटनामा कमी आउनुमा कानुनी सुधार तथा प्रहरीको सक्रियता प्रमुख कारक रहेको पाइएको छ ।

महानगरीय प्रहरी कार्यालय अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटा प्रहरी परिसर र परिसर अन्तर्गत वृत्तहरूबाट १७३ प्रकारका अपराधको अनुसन्धान तथा कानुनी कारवाहीका लागि मुद्दा दर्ता हुने गर्छन् ।

ती मध्ये ४१ भन्दा बढी अपराध तथा अपराधजन्य घटनाहरू करिब शुन्यको अवस्थामा पुगेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका मुद्दा शाखा प्रमुख मोहन थापा गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी अपराध हुनै छोडेको बताउनुहुन्छ ।

चिठीपत्र खोलेको, हराएको, चोरी भएको, बालविवाह, टेलिफोन कल वाइपास ९भीओआईपी०, छुवाछूत, सार्वजनिक सम्पत्ति हिनामिना, नदी तथा पोखरीमा हामफालेर, घाँटी काटी, विषालु सिरिन्जले घोपी र गोली हानी हत्या तथा आत्महत्या गर्ने जस्ता अपराधमा कमी आएको छ ।
नेपाल ल क्याम्पसका अपराध शास्त्रका प्रा।डा। रजीतभक्त प्रधानाङ्गा केही अपराध स्वत हराउँदै गएको बताउनुहुन्छ । यसका पछाडि धेरै कारणहरु छन् उहाँले भन्नुभयो– फौजदारी कानुनमा आएको सुधार, समाज परिवर्तन, चेतनाको विकास र प्रविधिको प्रयोगकले परम्परागत अपराध घट्दै गएका हुन । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।