२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादित डीएसपीमाथी कारबाही



अ+ अ-

काठमाडौं । गैरकानुनी हिरासतभित्र दलित बालकको रहस्यमय मृत्युपछि विवादमा आएका इलाका प्रहरी कार्यालय बिर्तामोड झापाका डीएसपी सुवास खड्का कारबाहीमा परेका छन् ।

छानबिनका लागि भन्दै उनलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगर तानिएकोछ ।

नाबालक मृत्युको विषय प्रहरी र राजनीतिक दलले सामसुम पार्न खोजेपनि खड्का अर्को विवादमा परेपछि कारबाहीमा परेका हुन् ।

खड्काको कार्यकक्षमा एक जना युवाले फोटो खिचेर सामाजिक सञ्चालमा पोस्ट गरे । टेबुलमा रहेको नेमप्लेटमा खड्काको नाम छ । तर, कुर्सीमा बसेर दमक घर बताउने ३० वर्षीय हर्कराज गुरुङले तस्बिर खिचेका छन् । गुरुङले सो तस्बिर पोस्ट गरेपछि खड्का कारबाहीमा परेका हुन् । खड्काले विवादित उनलाई संरक्षण गर्दै आएको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।

यसैबीच आफन्तलाई भर्ती केन्द्र बनाइएको खुलासा भएको त्रिवि सेवा आयोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले सेवा आयोगका कर्मचारी भर्नासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ ।