२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगन्जमा ‘लु’ चल्न थाल्यो, तापक्रम ४३.५ डिग्री



अ+ अ-

काठमाडौं । नेपालगन्जमा विगत एक सातादेखि निरन्तर तातो हावा ‘लु’ चलिरहेको छ। शनिबार वर्षकै सर्वाधिक गर्मी ४३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ। जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालयका अनुसार विगत एक सातादेखि ३९ देखि ४३.५ डिग्रीसम्म तापक्रम पुगेको छ।

शुक्रबार ४३ डिग्री तापक्रम रहेको नेपालगन्जमा शनिबार यो वर्षकै सर्वाधिक तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको हो। न्यूनतम् तापक्रम भने २२.३ डिग्री सेल्सियस मात्र छ।

लु चल्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ। दिउँसो आवत जावत घटेको छ। घरमै बस्दा पनि पंखाले समेत तातो हावा फाल्ने गरेको छ। गर्मी बढ्दै गएकाले नेपालगन्जमा दहीको लस्सी, उखुँको जुस, आइसक्रिम, बदामसेक जस्ता पेय पदार्थ र खबरबुझा, तरबुझा, काँक्राको बजार बढेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।