२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको विवाद नमिल्दा छोरीलाई जलाइयो



अ+ अ-

काठमाडौं । श्रीमान–श्रीमतीबीच झगडा हुँदा दार्चुलामा एक दाम्पतीले १० महिने छोरीलाई जलाएर हत्या गरेका छन् । दार्चुलाको व्याँस गाउँपालिका–५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिलालाई छोरी जलाएर हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति करिब साढे ११ बजे उनीहरू सामान्य विवाद भएको थियो । श्रीमतीसँगको विवादपछि आवेगमा नवीनले छोरीलाई खरको कुन्युमा राखी आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकृत प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो ।

घटनापछि भाग्न लागेका उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरी चौकी धौलाकोटबाट गएको अमिर रावलको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । श्रीमतीले उनको दिदीलाई सुन दिएको विषयमा विवाद हुँदा घटना भयो, नवीनले स्वीकार्दै भने ।

नवीनलाई अपराध संहिताअनुसार कारवाही हुने र शिलालाई कसुर हेरी कारवाहीका लागि सिफारिस गर्ने प्रहरीले जानकारी दिएको समाचार नयाँ पत्रिकाले छापेको छ ।