२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीमा विषादी जाँच्ने निकाय नै बिरामी



अ+ अ-

काठमाडौं । तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी मानव स्वास्थ्यका लागि घातक छ । तर विषादीको मात्रा के कति प्रयोग भएको भन्ने जाँच गर्ने संयन्त्र भरपर्दो छैन ।

देशकै ठूलो तरकारी थोक बजार कालीमाटीमा पाँच वर्षअघि सरकारले द्रुत विषादी अवशेष विश्लेषण इकाई सञ्चालनमा ल्यायो । इकाई अन्तर्गतको प्रयोगशालाले तरकारीमा रसायनिक विषादीको मात्रा ९० प्रतिशतसम्म भएको तथ्य सार्वजनिक गर्यो । विषादीको मात्रा १० देखि १५ सम्म हुनुलाई सामान्य मानिए पनि मात्रा जति बढ्दै गयो त्यति हानिकारक हुन्छ । त्यो विषयले निकै चर्चा पायो र उपभोक्ता पनि सचेत भए ।

तर काम थालेको एकरदुई वर्ष नपुग्दै प्रयोगशाला प्रयोगविहीन जस्तै छ । प्रयोगशाला सञ्चालनका लागि सरकारले आवश्यक प्राविधिक जनशक्तिको पूर्ति गर्न सकेको छैन । सुरुमा बाली संरक्षण निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृतको नेतृत्वमा पाँच प्राविधिक जनशक्तिबाट काम सुरू भएको थियो । अहिले केन्द्रीय कृषि प्रयोगशालाका एक जना मात्रै कृषि प्राविधिक (जेटीए) को भरमा छ्र प्रयोगशाला । प्रयोगशाला एक जना कार्यालय सहयोगी र कृषि प्राविधिक जाग्येश्वर शर्मा सिङ्गैको जिम्मामा जेनतेन काम भएको गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।