२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा कार्यालय पुग्नै तीन दिन हिड्नु पर्ने



अ+ अ-

धादिङ । राणा शाषन गयो । राजाको शासन गयो । गणतन्त्र आयो । हामी नेवेरबासीको चाहिँ राणा र राजाकै पालाको जस्तो सास्ती खेप्दैमा जिन्दगी जानेभो ।’ यो दुःखेसो हो, उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ५ नेवेरगाउँका ९साविक लापा गाविस ३० नोर्सिङ लामाको । नोर्सिङ लामासहित नेवेरबासीले २०४६ सालदेखि भएको विभिन्न राजनीतिक परिवर्तनपछि चुनावमा एक दिन पैदद हिँडेर मतदान गरे ।

उनीहरुलाई गाउँमा विकास परिवर्तन र सुखसुविधाको तीव्र आस थियो । तर विकास निर्माण त परको कुरा, वडा कार्यालयको सामान्य सेवा लिन पनि तीन दिन लाग्ने भएपछि नेवेरबासी सधै सास्ती खेप्न बाध्य छन् । नेवेरबासीको मतदान केन्द्र पनि उही वडा कार्यालय भएका कारण जहिले पनि चुनावका बेला मतदान गर्न अघिल्लो दिन नै मतदान केन्द्र आसपासका गाउँमा गएर बस्नु पर्छ । यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा छ ।