२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुवाको किरिया नगरेकालाई सामाजिक बहिष्कार, परिवार विस्थापित



अ+ अ-

काठमाडौं । बुवाको काजकिरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ। सुवर्ण गाउँपालिका ६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो। अन्त्येष्टिपछि छोराहरू अवधेश र पप्पुले कपला काटेनन् भने हिन्दु संस्कारअनुसार किरिया पनि गरेनन्।

उनीहरूले परिवारले अपनाउँदै आएको कविरापन्थी परम्पराअनुसार सात दिनमै बुबाको काजकिरिया सके। हिन्दु संस्कारअनुसार काजकिरिया नगरेपछि गाउँका केही अगुवाले गाउँ भेला डाके। यादव परिवारलाई समाजिक बष्किार गर्ने निर्णय गरे।

त्यसपछि यादवको ९ जनाको परिवार चार दिनदेखि गाउँ छाडेर हेटौंडाको कमानेमा बस्दै आएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।