२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा महामारी रोक्न म्याद गुज्रेको औषधि



अ+ अ-

काठमाडौं । जाजरकोटमा महामारी रोक्न म्याद गुज्रेको औषधि पठाएको छ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले महामारी फैलन सक्ने ठाउँमा पठाएको औषधिको म्याद बाटोमै गुज्रेको हो । गर्मीयाम सुरु भएसँगै जिल्लाका ग्रामीण क्षेत्रमा झाडापखाला, टाइफाइड, ज्वरोजस्ता समस्या देखिन थालेका छन् ।

यस्तो अवस्थामा औषधि अभाव हुन नदिन जिल्लाका मुख्य स्वास्थ्य संस्थामा तयारी हालतमा राख्ने भन्दै ती औषधि पठाइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले सातवटै स्थानीय तहमा पठाएको अधिकांश औषधिको म्याद हप्तादिन मात्र बाँकी छ । केही औषधिको भने म्याद गुज्रिसकेको छ ।

बढीजसो स्टासेफ नामक औषधि रहेको नलगाड नगरपालिका नगरस्वास्थ्य शाखाका प्रचण्ड कार्कीले जानकारी दिको खबर आजको नागरिक दैनिकले लेखेको छ ।