२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको ‘जागरण अभियान’ आजबाट, कार्यक्रममा माला, ब्याज र खादा नलगाउने



अ+ अ-

काठमाडौं । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै छ। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ।

पहिलो चरणको कार्यक्रम बुधबारदेखि सुरु हुन लागेको हो। एक महिना ९जेठ २५गते० सम्म सञ्चालन हुने अभियानका लागि प्रत्येक जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ। ‘सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसक्नुभएको छ, बुधबार सबै जिल्लामा अभियानको सुरुवात हुृन्छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नेपाली राजनीतिमा एकै स्वरूपको प्रथम कार्यक्रमका रूपमा अभियान प्रारम्भ हुँदै छ।’

देशबाहिर विभिन्न ३३ मुलुकमा पनि कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए। अभियान गर्नुका १५ वटा उद्देश्य रहेको उनले बताए। पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म व्यापक ढंगले सुसूचित गर्ने अभियानको पहिलो उद्देश्य हो,’ उनले अन्नपूर्णसँग भने, ‘अभियानका क्रममा कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका कामको पनि प्रचार गर्छौं।’

सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियानका क्रममा सरकारविरुद्ध खबरदारी गर्ने कांग्रेसको रणनीति छ। ‘सरकारका भ्रष्टाचारलगायत अनेक विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रस्ट्याउने काम हुन्छ’, जागरण अभियानबारे कांग्रेसद्वारा विज्ञप्तिमा उल्लेख छ।

पहिलो चरणको जागरण अभियानका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ।

अभियानमा स्वागत मन्तव्य र कार्यक्रम विसर्जनबाहेक तीन जना मात्र वक्ता हुनेछन् भने महिला वक्ता अनिवार्य गरिएको छ। त्यस्तै कांग्रेसले पार्टी कार्यक्रममा माला, ब्याज र खादा लगाउने प्रचलनको पनि अन्त्य हुने जनाएको छ। कार्यक्रमको उद्घाटन वरपीपल, स्वमीमध्ये कुनै एक बिरुवा रोपेर गरिनेछ।

कांग्रेसले १२ भाषामा जागरण गीत तयार गरेको छ। गीतको रचनाकार पार्टी प्रवक्ता शर्मा हुन्। मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा र नेपाली भाषामा गीत तयार गरिएको छ’, प्रवक्ता शर्माले भने।

पहिलो चरणको जागरण अभियानका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ। अभियान सफल बनाउन कांग्रेसले सबै भ्रातृसंस्थालाई परिचालन गरिएको जनाएको छ।

दोस्रो चरणको अभियान बीपी जयन्तीका अवसरमा भदौ २४ गतेदेखि सुरु भई असोज ७ गते समापन हुनेछ। तेस्रो चरण भने पुस ७ गते प्रारम्भ भई १६ गते मेलमिलाप दिवसमा समापन हुने कांग्रेसले जनाएको छ। प्रथम चरणअन्तर्गत ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुनेछ। अन्नपूर्णबाट