
काठमाडौं । सर्वोच्च अदालतले जन्मसिद्धका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता वितरणमा पुनः रोक लगाएको छ । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको मंगलबारको इजलासले अल्पकालीन आदेशमार्फत वंशजको नागरिकता वितरणमा रोक लगाएको हो ।
यसअघिका आदेश कार्यान्वयनमा द्विविधा देखिएको भन्दै कानुनी प्रश्नको निरूपण पूर्ण इजलासबाट हुन आवश्यक र मनासिव देखिएको आदेशमा भनिएको छ । सर्वोच्चले पूर्ण इजलास (तीन वा तीनभन्दा बढी न्यायाधीश रहेको इजलास)बाट सुनुवाइ भई आदेश नभएसम्म गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्नरनगराउन भनेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।












