२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेल्मेट छनोट गर्दा कस्ता कुरामा ध्यान दिने ? जान्नुहोस्



अ+ अ-

काठमाडौं । आजकलका युवा तीव्र गतिमा मोटरसाइकल राइड गर्न मन पराउँछन् । तीव्र गतिमै भए पनि सुरक्षित तरिकाले बाइक राइडिङ गर्न भरपर्दो हेल्मेटको जरुरी हुन्छ । दुर्घटना भइहाल्यो भने पनि ज्यान जोगिने सम्भावना धेरै हुन्छ । त्यसैले, सुरक्षित हेल्मेट छनोट गर्न आवश्यक छ । छनोट गर्दा निम्न कुरामा ध्यान दिऔँः

–हेल्मेट पूरा अनुहार छोप्ने हुनुपर्छ । ताकि, यसले टाउकोको पूर्ण सुरक्षा गरोस् ।
–हेल्मेट मजबुत हुन आवश्यक छ । यसका लागि आइएसआई मार्कद्वारा प्रमाणित खरिद गर्न आवश्यक छ । किन्नुअघि वारेन्टी–ग्यारेन्टी आदिबारे जानकारी लिनुपर्छ ।

–जहाँ पनि पाइने धेरै सस्ता हेल्मेट नकिनौँ । सस्ता हेल्मेट कच्चा हुने सम्भावना बढी हुन्छ । तसर्थ, आफ्नो जीवनरक्षासँग जोडिएको चिज किन्दा पैसामा कम्प्रमाइज नगरौँ ।

–सिसा कालो भएको हेल्मेट प्रयोग नगरौँ । पारदर्शी हेल्मेट खरिद गरौँ । ताकि, टाढाको वस्तु पनि स्पष्ट देखियोस् ।
–हेल्मेटको साइज आफूसँग ठिक्क मिल्ने होस् । ठूलो पनि नहोस् र सानो पनि ।
नयाँ पत्रिका दैनिकबाट