३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

विहे घर झै सिँगारियो संसद भवन



अ+ अ-

काठमाडौं । आज संसद भवन नयाँ बानेश्वर विहे घर झै सिँगारिएको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि स्वागतका लागि सिँगारिएको हो ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारद्वारा तयार पारिएको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपतिले सम्बोधन नीति तथा कार्यक्रम सुरु गर्नुभन्दा आधा घण्टा अगाडि नै सांसदलाई आ–आफ्नो स्थानमा आशन ग्रहण गर्न भनिएको छ । राष्ट्रपतिका लागि सभामुखको आशनको दायाँपट्टि विशेष आशनको व्यवस्था गरिएको छ ।

राष्ट्रपति संसद भवन पुग्दा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गर्नेछन् ।

शुक्रबार बिहानैदेखि संघीय संसदका कर्मचारीहरु भवन परिसर सजावटको काममा खटिएका छन् ।उनीहरु सरसफाई, पानीको फोहोरा मिलाउने , कार्पेट विच्छाउनेलगायतका सजावटका काम व्यस्त देखिन्थे ।

संसद् भवनको गेटदेखि भित्रैसम्म नेपाली राष्ट्रिय झण्डा तथा विभिन्न ध्वजापताका राखेर सजाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि महराजगञ्जदेखि लैनचौर, महेन्द्र शालिक, माइतीघर हुदै नयाँ वानेश्वरसम्मको सडक खाली हुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको पनि सोही रुटबाट सवारी हुनेछ ।




भर्खरै