३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउनू : गृह मन्त्रालय



अ+ अ-

प्रतिकात्मक तस्वीर

काठमाडौं । सरकारले पूर्वी हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन सचेत गराएकोछ ।

पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपातको सम्भावना भएकोले आज (शुक्रबार)देखि शनिबारसम्म हेलिकोप्टर नउडाउन सचेत गराएको हो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र (एनइओसी) ले मौसम बदली हुँदा हिमाली भेगमा हिमपात हुनसक्ने र भारतमा आएको फानी आँधीको प्रभाव पनि पर्न सक्ने भएकोले शनिबारसम्म हेलिकोप्टर उडान नगर्न आग्रह गरेको हो।

केन्द्रले सूचना जारी गर्दै पूर्वी हिमाली क्षेत्रमा रहेका पर्यटकहरुलाई पनि सुरक्षित स्थानमा रहन भनेको छ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि शनिबारसम्म घामपानी भइराख्ने जनाएको छ। हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने र आइतबारदेखि पूर्णरुपमा मौसममा सुधार आउने महाशाखाको भनाइ छ।




भर्खरै