३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार कतारमा होइन डोटीमा खानेपानी पुर्याइदेउ



अ+ अ-


डोटी । डोटीमा गर्मी बढेसँगै यहाँको जोरायल गाउँपालिका–३ थलीगाउँका बासिन्दा धामधम बस्ती सार्न थालेका हुन् । गाउँमा पानीका मुहान भटाभट सुकेका छन् । गाउँबाट करीब एक घण्टाको दूरीमा खोप्चेपानी र पूर्वेली मुहान भए पनि पानी पर्याप्त नहुँदा उनीहरु बस्ती नै सार्न थालेका हुन् ।

झिसमिसे बिहानैबाट स्थानीय मुहानबाट चुहिने पानी सङ्कलन गरेर गुजारा गरिरहेका छन् । करीब ४५ परिवार भने पानीको समस्या झेल्न नसकेर बस्ती नै सरेर ठुलीगाडमा झरेको स्थानीयवासी कृष्णा थापाले बताउनुभयो । उनले भने, “पानीको अभाव झेल्न नसकेर थलीगाउँको बस्ती वर्षेनी गर्मीयाममा ठुलीगाडमा आउन थालेको चार दशक हुन लागेको छ, पानीकै लागि बस्ती सारिँदैछ, पानीको पहल हुनसकेको छैन ।”

पानीको अभाव झेल्न नसकेर थलीगाउँको बस्ती वर्षेनी गर्मीयाममा ठुलीगाडमा आउन थालेको चार दशक हुन लागेको ठुलीगाडस्थित विपीनगरका स्थानीय रोज कलेलले बताए ।

अहिले ३५ परिवारका २५० जनसङ्ख्या अझै थलीमा छन् । विसं २०५८ मा हेल्भेटास संस्थाले वर्षातको पानी सङ्कलन गर्ने घैँटा बनाइदिएको छ । तर घैँटा चुहिने भएकाले वर्षात् सकिएसँगै पानीको हाहाकार शुरु हुन्छ भने अर्कोतिर सङ्कलित पानी पिउँदा अधिकांश गाउँलेमा कमलपित्त रोग देखिने गरेको स्थानीयवासी बताउँछन् ।




भर्खरै