२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी जग्गा प्रकरण : पौडलसँगै देउवामाथि पनि छानबिन हुने



अ+ अ-

काठमाडौं । सरकारले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा संलग्न जोकोही भए पनि कारवाही हुने स्पष्ट पारेको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बालुवाटार जग्गा खरिद प्रकरणमा तथ्य र प्रमाणबाट दोषी जोकोहीलाई पनि कारवाही गरिने स्पष्ट पारेका हुन्।

सुवर्ण शम्शेरको भनाई, रिसइवी साध्ने आशंका, नेपाली कांग्रेसले बचाउमा बोलेको र कांग्रेस सभापति शेरबहादुर देउवाको समेत नाम जोडिएपछि छानविन प्रभावित हुने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा बाँस्कोटाले दोषी पाइए नेकपा महासचिव विष्णु पौडेलदेखि देउवासम्मलाई कारवाही हुने जवाफ दिए।

‘कोहीप्रति रिसइवी साध्ने तरिकाले उत्खनन् गरिएको विषय यो होइन। सुशासन र सरकारी सम्पत्तिको रक्षाभित्र पर्छ। यसमा जोकोही पर्नुस् चारतारे, लालतारे। तथ्य र प्रमाणले देखाउँछ भने यसमा कसैलाई पनि छुट दिन सक्दैनौं’, उनले भने। उनले चारतारे भनेर कांग्रेस (देउवा) र लालतारे भनेर नेकपा (विष्णु पौडेल) तर्फ लक्षित गरेका हुन्। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।