३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

जो खुट्टाले भिडियो बनाउँछन्…….



अ+ अ-

रामपुर । नेपाली साहित्यमा राम्रो छवि बनाउनुभएका साहित्यकार झमककुमारी घिमिरेको झल्को दिँदै यहाँ एक युवक चम्किएका छन् । उमेरले २० वर्ष पुगेका पाल्पा रामपुर नगरपालिका वडा नम्बर १ बर्दाकोटका यमबहादुर खाम्चा अहिले पनि न त राम्रोसँग बोल्न, हातको सहायतामा काम गर्न न त हिँड्न नै सक्नुहुन्छ । राम्चामा भएको लगनशीलता, मेहनेत र क्षमता भने अचम्मको छ ।

बाह्र वर्षसम्म ओछ्यानबाट उठ्न नसक्ने खाम्चा त्यसपछि मात्रै केही घिस्रेर मुश्किलले भित्र बाहिर आउन जान सक्ने उहाँको परिवारले बताएको छ । निस्दी गाउँपालिका वडा नम्बर २ आनन्दी भन्ज्याङमा रहेको बालहित माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत खाम्चाले कक्षा ८ सम्म कहिल्यै तृतीय नभएको उनका बुवा मानबहादुरले बताए । यमका बुवा मानबहादुरले भने, “शुरुमा त कसरी पढाउने, कसरी हुर्काउने यो मात्रै पिर पथ्र्यो, तर छोरो पढाइमा सधैं प्रथम र द्वितीय भइरह्योे, परीक्षाका बेला बिरामी परेका कारण यस पालि भने चौथो भयो । ”

कसैसँग कुरा गर्नुपरे कापीमा खुट्टाले लेखेर बोल्ने खाम्चाले कक्षामा सबै साथीसरह नै पढाएको बुझ्ने विद्यालयका प्रधानााध्यापक नवलसिंह वीरकट्टाको भनाइ छ । खाम्चालाई सजिलोका लागि विद्यालयमा छुट्टै भुइँ बस्ने व्यवस्था मिलाइएको छ । विद्यालयमा परीक्षा शुल्कसमेत नलिएर उनको क्षमता विकासका निम्ति ल्यापटपसमेत किनिदिइएको विद्यालयले जनाएको छ ।

विकट भेग सदरमुकाम तानसेनबाट करीब ७० किलोमिटर पूर्व बर्दाकोटमा जन्मेका खाम्चाले खुट्टाको औंँलाबाटै कापीमा कलमले लेख्ने, ल्यापटपमा टाइप गर्ने तथा मोबाइलमा सबै काम गर्ने गरेका छन् । राम्रोसँग अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेख्ने खाम्चाले कविताले कापीसमेत भरेका छन् । देश, समय परिस्थिति, परिवार तथा आफ्ना जिल्ला र गाउँका विषयमा धेरै सिर्जना कोरेका छन् । खाम्चा दुई खुट्टाको सहायताले मोबाइल तथा ल्यापटपमा भिडियो बनाउने, तस्वीर खिंच्नेदेखि विभिन्न विषयमा लेखसमेत लेख्ने गर्छन् ।

सबैका छोराछोरीलाई राम्रो देखेकी खाम्चाकी आमा योगमायाले शुरुमा अपाङ्गता भएको छोरालाई देख्दा दुःखी भएको तर अहिले गाउँका कसैले चलाउन नजान्ने ल्यापटप छोराले चलाउँदा खुशी लागेको बताइन् ।

योगमायाले बोल्दाबोल्दै छोराले ल्यापटप तथा मोबाइलमा खुट्टाले थिचेर पालैपालो भिडियो खिंच्दै गरेको देखेर हर्षका आँशु बगाउँदै भन्नुभयो, “हेर के के जानिसक्यो, अहिले त उसको झोला बोक्दिएर स्कूल पु¥याउँदा पनि खुशी लाग्छ, स्कूलमा सर म्याडमले छोरो जान्ने छ भन्नुहुन्छ, रमाइलो लाग्छ ।

सानैदेखि मैले भोगेको सबै दुःख बिर्सन्छु । अपाङ्गता भएको छोरो भनेर आमाबाबुलाई पिर नै छैन, उल्टै विकट गाउँमा हुर्केर पनि अन्य व्यक्तिसरह काम गर्छ । पढाइमा लगनशील छ ।” यमकी आमाले छोराले गरेको प्रगतिले भविष्यमा ठूलो मान्छे बन्ने आशा जगाएको बताउनुभयो ।




भर्खरै