३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

शमसेर परिवार भन्छन् : बालुवाटारको जग्गा बैधानिक हो, हामीलाई बदनाम गरियो



अ+ अ-

काठमाडौं । बालुवाटारको जग्गा बैधानिक भएको जग्गाधनी सुवर्ण शमसेरका परिवार बताएका छन् । उनीहरुले पञ्चायती शासकले राजनीतिक कारण आफ्ना पिता सुवर्ण शमसेरको ११४ रोपनी जग्गा अधिग्रहण नभई जफत गरेको बताएका छन् ।

जफत भएको जमिन ०४७ सालमा तत्कालीन सरकारले फिर्ता दिने निर्णय गरे अनुरुप आफूहरुले फिर्ता पाएको र सो जग्गामा कायम रहेका मोहीले समेत मोही अंश पाएको विज्ञप्तिमा जनाइएको छ ।

सुवर्ण शमसेर परिवारका तर्फबाट रुक्म शमसेर राणा, हेमाद्री शमसेर राणा र हाटक शमसेर राणाले विहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै शमसेरका परिवारले बालुवाटारको ११३ रोपनी जग्गा सुवर्ण शमसेरका हकवालाले ०४९ सालमा सरकारको नामबाट आफ्नोमा नामसारी गरी यसबीचमा मोहीलाई समेत हक दिई बिक्री गरिसकेको बताएका छन् ।

जग्गाको नामसारी दर्ता, मोही बाँडफाँड र विक्री समेत भइसकेको जग्गामा २५–२६ वर्षपछि आएर राजनीतिक पूर्वाग्रहबाट विवाद सिर्जना गरिएको आरोप उनीहरुले लगाएका छन् ।

तीनजना हकवालाले तत्कालीन सरकारको निर्णय तथा अख्तियार र अदालतका फैसला गरेको र जग्गा बैधानिक भएको विज्ञप्तिमा बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ– बदनाम गर्न अख्तियार तथा अदालतबाट अन्तिम फैसला भएका विषयमा छानविन समितिको सहारा लिई हाम्रो परिवारलाई बदनाम गर्न खोजिएकोप्रति हामी दुःख व्यक्त गर्दछौं ।




भर्खरै