३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलकिपर क्यासिलासलाई हृदयघात, बाँकी रहेका खेलहरु नखेल्ने



अ+ अ-

काठमाडौँ । स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान गोलकिपर इकर क्यासिलासलाई हृदयघात भएको छ ।

क्यासिलासआबद्ध पोर्चुगिज क्लब पोर्टोका अनुसार ३७ वर्षीय कासिलासको बुधबार विहान हृदयघात भएपछि उनलाई पोर्टोकै स्थानीय अस्पतालमा लगी आकस्मिक सल्यक्रिया सम्पन्न भएको छ ।

हृदयघात पछि क्यासिलास यस सिजन बाँकी रहेका खेलहरु नखेल्ने भएका छन् ।

प्रशिक्षणका क्रममा छातीमा दुखाइ महसुस गरेपछि प्रशिक्षक सर्जियो कोन्चेसाओसँग उनले मैदान छाडेका थिए । उनी उपचारपछि खतराको स्थितिबाट मुक्त भएको अस्पतालले जनाएको छ । उनले केहि साताको विश्रामपछि पूर्ण फिट हुने बुझिएको छ ।

२०१५ मा रियल म्याड्रिड छाडेपछि पोर्टोमा आबद्ध भएका कसिलास पहिलो रोजाईमा नियमित खेल्दै आएका छन् । उनले यस साता एभ्सविरुद्ध हुने खेलका लागि तयारी गरिरहेका थिए ।

पोर्टोका लागि अहिलेसम्म १५६ खेल खेलेका कसिलासले २०१७(१८ मा पोर्चुगलको लिग जितेका थिए ।




भर्खरै