३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा बार्सिलोनाको शानदार जित, स्वारेज र मेस्सीको जोडी फेरि चम्कियो



अ+ अ-

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको पहिलो लेगमा बार्सिलोनाले लिभरपुलमाथि शानदार जित निकालेको छ ।

बिहीबार बिहान घरेलु मैदान क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा बार्सिलोनाले पाहुना टोली लिभरपुललाई ३–० ले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुईस स्वारेजले एक गोल गरेका थिए ।बार्सिलोनाले लिभरपुुलविरुद्ध पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल हानेको थियो । उसका लागि खेलको २६औं मिनेटमा लुइस स्वारेजले गोल गरेका थिए।

बार्सिलोनाले पाहुना टोली लिभरपुलविरूद खेलको २६ औं मिनटमा अग्रता कायम गरेको थियो । जोर्डी अल्बाले पोस्टको माथिल्लो भागबाट दिएको पासलाई लुईस स्वारेजले वान टचमा बललाई जाली चुमाएका थिए । उनकै गोलको मदतले बार्सिलोना पहिलो हाफमा १–० ले अघि रह्यो ।

पहिलो हाफ १–० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गर्यो । बार्सिलोनाका लागि दुबै गोल कप्तान लियोनल मेस्सीले गरे । मेस्सीले खेलको ७५औं मिनेटमा स्वारेजले बक्स भित्रबाट हानेको प्रहार बारमा लाग्दै फर्किएको बललाई सहजै जाली चुमाए ।

खेलको ८२ औं मिनेटमा फेरि मेस्सीले नै टिमका लागि तेस्रो तथा ब्यक्तिगत दोस्रो गोल गरे । उनले डिबक्स बाहिरबाट हानेको फ्रिकले सोझै जालि चुम्दा खेलमा बार्सिलोनाले ३–० को अग्रता बनायो। अन्तिम समयमा डिम्बेलाको फितलो प्रहार लिभरपुलका गोलरक्षक एलिसनले सहजै बिफल बनाईदिंदा बार्सिलोना चौथो गोल गर्न चुक्यो ।

यस खेलमा गरेको २ गोलपछि मेस्सीले ६ सय गोल पुरा गरेका छन् । मेस्सीले १४ बर्ष अगाडी २००५ मे १ मा बार्सिलोनाका लागि आफ्नो पहिलो गोल अल्बासेटविरुद्ध गरेका थिए ।

बार्सिलोनाले अब सेमिफाइनलको दोस्रो लिग आगामी बुधबार लिभरपुलको घरेलु मैदानमा खेल्ने छ ।




भर्खरै