३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग ‘महाभिडन्त’ : बार्सिलोना र लिभरपुल आज भिड्दै, दुवै फाइनल पुग्ने दाउमा



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा आज स्पेनिस क्लब बार्सिलोनाले इङ्लिस क्लब लिभरपुलको सामना गर्दैछ ।

यस सिजनको प्रतियोगिताका उपाधिका प्रमुख दुई दाबेदार टिमको खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । दोस्रो लेगको खेल लिभरपुलको मैदानमा अर्को साता हुनेछ ।

गत बर्ष रियल मड्रिडसँग पराजित भएर उपाधि बिहीन बनेको लिभरपुर लगातार दोस्रो सिजन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ ।

आजको खेलमा लुईस स्वारेन र फिलिप्पे काउटिन्हो मूख्य आर्कषको केन्द्र बन्ने छन् । लिभरपुलका पूर्ब खेलाडी समेत रकेका यिनीहरुले बार्सिलोनाका लागि कतिको देल देखाउने हुन् चासोको बिषय बनेको छ ।

यता लिभरपुलका फरवार्ड मोहम्मद सलाह, साडियो माने र रोर्बेटो फेर्मिनो पनि लयमा देखिएका छने । बार्सिलोनाका लागि यिनीहरु टाउको दुखाई बन्न सक्छन् ।

बार्सिलोनाले पहिलो क्वाटरफाइनलको खेलमा समग्रमा म्यानचेस्टर युनाइटेडलाई ४–० गोल अन्तरको पराजित गरेको थियो ।

यता, लिभरपुरलले क्वाटरफाइनलको खेलमा पोर्टोलाई समग्रमा ६–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थियो ।

यो खेल नेपाली समय अनुसार बुधबार राति १२ः ४५ बजेबाट सुरु हुनेछ ।




भर्खरै