३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष सहयोग माग्यो



अ+ अ-

काठमाडौं । चरम खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ । बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा प्रतिकूल मौसमका कारण खाद्य सङ्कट उत्पन्न भएपछि आपतकालीन सहयोग माग गरिएको हो ।

बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले केही वर्षदेखि विषम खडेरीको सामना गर्नु परेको उल्लेख गरिएको छ । प्रतिवेदनमा सन् २०१४ देखि २०१७ सम्मको खडेरीले उत्तर कोरियामा चरम खाद्य सङ्कट उत्पन्न भएको जनाइएको छ । प्रतिवेदनमा खाद्य असुरक्षाको अवस्थाले विकराल रुप लिने देखिइसकेको उल्लेख छ ।

बाली भित्र्याउने आगामी सेप्टेम्बर महिना अघि नै उत्तर कोरियाली नागरिकलाई थप खाद्यान्नको जरुरत छ । तर ज्यादै कम वर्षा भएका कारण हिउँदे बालीको उत्पादन ज्यादै कम भएको छ । यसले छ महिना धान्न मुस्किल छ ।

गत वर्ष चलेको तातो हावा र ज्यादै कम वर्षादका कारण समस्या अझ बढेको हो । उत्तर कोरियाली रेडक्रसको आग्रहमा अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (आइएफआरसी) ले उत्तर कोरियाका लागि विपद राहत आपतकालीन कोषका लागि अन्तर्राष्ट्रिय रुपमै आह्वान गर्ने तयारी भइरहेको आइएफआरसीले जनाएको छ ।

सन् २०१८ मा उत्तर कोरियाको खाद्य उत्पादन ४९ लाख ५० हजार टन भएको थियो । यो विगत दशकमै सबैभन्दा कम उत्पादन हो । कूल जनसंख्याको करिब ४१ प्रतिशत जनतालाई खाद्यान्न अभाव रहेको र ५ वर्षभन्दा कम उमेरका बालबालिका पर्याप्त खानाको अभावमा स्वास्थ्य जोखिममा परेका छन् ।




भर्खरै