३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेलद्वारा श्रमिक दिवसको शुभकामना



अ+ अ-

काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३०औँ श्रमिक दिवसका अवसरमा जीवन र रोजगारीको समेत प्रवाह नगरी लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

चीन भ्रमणमा रहनुभएका पौडेलले एक सन्देश प्रकाशन गरी नेपाली श्रमिकहरुलाई बधाई तथा शुभकामना दिँदै नेपालको राजनीतिक परिवर्तनमा नेपाली श्रमिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

“आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको मागसहित शुरु भएको अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनले आज १३० वर्ष पूरा गरेको छ । यस सुखद् अवसरमा नेपाली श्रमिक वर्गलाई १३०औँ मे दिवसको धेरै धेरै बधाई र शुभकामना व्यक्त गर्दछु । नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गले आफ्नो रोजगारी र जीवनको प्रवाह नगरी ऐतिहासिक भूमिका निर्वाह गरेकामा उच्च समान प्रकट गर्दछु । यो वर्ष श्रमिकपक्षीय ऐन, कानून, नियमावली निर्माण भई कार्यान्वयनमा आइसकेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सकारात्मक काम हो । नेपाली श्रमिक वर्गलाइ धेरै धेरै बधाई” सन्देशमा उल्लेख छ ।

चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसहितको भ्रमण टोलीमा मुख्यमन्त्री पौडेल सहभागी हुनुहुन्छ ।




भर्खरै