३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा : ३ खेल अगावै बार्सिलोनालाई उपाधि, मेस्सी बने १० औं पटक ट्रफि उचाल्ने पहिलो खेलाडी



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको यस सिजनको उपाधि बार्सिलोनाले जितेको छ। शनिवार सम्पन्न भएको खेलमा लेभान्टेलाई १-० ले पराजित गरेपछि बार्सिलोनाले ३ खेल अगावै लिगको उपाधि जितेको हो।

बार्सिलोनाको हिजोको जितमा निर्णायक गोल लियोनेल मेस्सीले गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेस्सीले सो निर्णायक गोल खेलको ६२ औं मिनेटमा गरेका हुन्। योसँगै मेस्सी यस सिजनका सर्वाधिक गोलकर्तासमेत हुन्। उनको खातामा ३४ गोल जम्मा भइसकेको छ।

बार्सिलोनाले २६ औं पटक लिगको उपाधिमा कब्जा जमाएको हो। स्पेनिस ला लिगामा रियल मड्रिडले उपाधिमा सर्वाधिक ३३ पटक कब्जा जमाएको छ। जारी लिगमा बार्सिलोना तेश्रो स्थानमा रहेको छ।

मेस्सीले ला लिगाको उपाधि १० औं पटक जितेका हुन्। १० जितसँगै मेस्सी ला लिगाको उपाधि १० औं पटक जित्ने पहिलो खेलाडी बनेका छन्।

बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्दै उपाधिमा कब्जा जमाउँदा दोश्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले ७४ अंक जोडेको छ भने तेश्रो स्थानमो रियल मड्रिडले ६५ अंक जोडेको छ। यस्तै गेटाफेको ५५ हंक रहेको छ।

ला लिगा अन्तर्गत शनिबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले रियल भालाडोलिडलाई १–० ले हरायो छ भने एथ्लेटिको बिल्बाओ र एलाभेसले १–१ बराबरी गर्दा लेगानेस र सेल्टा डी भिगोले गोलरहित बराबरी खेले ।