३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेइमारलाई तीन खेलमा प्रतिबन्ध,आउँदो सिजनमा च्याम्पियन्स लिगको समूह चरणका खेल्न नपाउने



अ+ अ-

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी नेइमारमाथि युइएफएले युरोपियन प्रतिस्पर्धाका तीन खेलमा प्रतिबन्ध लगाएको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडसँगको अन्तिम १६ को खेलपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा खेल पदाधिकारीको अपमान गरेकोमा दोषी ठहर गर्दै नेइमारलाई प्रतिबन्ध सजाय सुनाएको हो ।

त्यसतिबेला नेइमारले भिडियो असिस्ट रेफ्री (भिएआर)मा फुटबल नबुझेका मान्छेहरूलाई राखेकाले त्यस्तो भएको बताएका थिए।

‘यो अपमान हो। फुटबलका बारेमा केहि थाहा नभएका ४ मान्छेलाई स्लोमोसन रिप्ले फुटबल हेर्ने टेलिभिजन अगाडी राखिएको छ’, त्यतिबेला नेइमारले आफ्नो इन्स्टाग्राममा लेखेका थिए।

प्रतिबन्ध लागेका नेइमारले आउँदो सिजनमा च्याम्पियन्स लिगको समूह चरणका तीन खेल खेल्न पाउनेछैनन्।