३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिका : बाढीमा परी ५१ जनाको मृत्यु



अ+ अ-

जोहानसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ ।

दक्षिण अप्रिकामा हालका दिनहरुका भारी वर्षाले सताएको र सोही कारण गत हप्ताबाट दक्षिण र पूर्वी भागहरु प्रभावित भएका छन् ।

बाढी र पहिरोमा परी मङ्गलबारसम्म ३३ जनाको मृत्यु भएको थियो । तर पहिरोमा पुरिएका व्यक्तिलाई निकाल्ने क्रममा सो सङ्ख्या ५१ पुगेको बताइएको छ ।

बाढीका कारण भवनहरु भत्किएका र विद्युत प्रशारण लाइनमा पनि समस्या आएको छ । सहयोग, उद्धारलगायत बाढी प्रभावित व्यक्तिहरुलाई सुरक्षित स्थानमा सार्नका लागि दक्षिण अफ्रिकी सेनालाई परिचालन गरिएको छ ।