३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को निवेदन दिने म्याद थप, तीनै तहका सरकारबीच ‘एमओयु’हुने



अ+ अ-

काठमाडौं । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने म्याद थप गरेको छ । श्रम मन्त्रालयले यस कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच ‘एमओयु’ गर्ने भएको छ ।

कार्यक्रम सञ्चालनमा पारस्पारिक सहयोग र समन्वय कायम गर्न त्रिपक्षीय समझदारी गर्न लागिएको हो । समझदारीपत्रमा श्रम मन्त्रालयका उच्चअधिकारी, प्रदेशको सामाजिक विकासमन्त्री र स्थानीय तहका प्रमुख /अध्यक्षले हस्ताक्षर गर्नेछन् ।

समझारीसँगै रोजगार प्रदेश सरकार र स्थानीय तहको स्वामित्व ग्रहण हुने र कार्यक्रम कानूनी रुपमा थप प्रभावकारी बन्ने सरकारले जनाएको छ । मन्त्रालयका अनुसार वैशाख २० गते देखि २५ गते सम्म त्रिपक्षीय सम्झदारी गरिनेछ ।